• 3:02 pm

सुनको मूल्य ४ सयले घट्यो, कारोबार कतिमा ?

प्रकाशित मिति

२०७८ चैत्र १४ गते, सोमबार १२:०५

१४ चैत २०७८, काठमाडौं : सोमबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा छापावाल सुन प्रति तोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ ।


आइतबार सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ कायम रहेको थियो ।


त्यस्तै, आज तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यता चाँदीको मूल्यमा पनि प्रति तोला आज २० रुपैयाँले ह्र्रास आएको छ । आइतबार १४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ८० तोकिएको छ ।

प्रतिकृया