• १७:१० २०८० चैत्र १५ गते
  • 5:10 pm

बिहान खाली पेटमा चिया, क्यान्सरको कारण

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०८:४०

milk tea gtVEhFGgB4 e1632104761958

१३ चैत्र २०७८, काठमाडौँ: धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ ।


धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ । र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन । अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ । चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ । धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ ।


खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खानामा पोषक तत्व हुन्छ । खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ । खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन । जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ ।


मधुमेह यस्तो रोग हो जसले अन्य विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रित गर्छ । धेरै चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया, बारम्बार तताएको चिया पिउँदा एसिडिटीको पनि समस्या हुन्छ । एजेन्सी

प्रतिकृया