• 10:38 am

सिद्धार्थ बैंकले कोशी अस्पताललाई हेमोडायलाइसीस मेसिन प्रदान गर्ने

प्रकाशित मिति

March 27, 2022

१३ चैत्र २०७८, काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेडले विराटनगर स्थित कोशी अस्पताललाई ५० लाख रुपैयाँ बराबरको हेमोडायलाइसीस मेसिनहरु प्रदान गर्ने भएको छ । सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र कोशी अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेण्ट डा. यज्ञराज खरेलले हस्ताक्षर गरेका हुन् ।


कोशी अस्पतालले उक्त हेमोडायलाइसीस मेसिन अस्पतालमा आउने बिरामीहरुको उपचारको लागि प्रयोग गर्नेछ । बैंकले पुर्याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गरी जीवनस्तर सुधार गर्न केहि हदसम्म भएपनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिकृया