• 2:31 pm

यातायात बिभागले सच्यायो सूचना, भोलि विहानसम्म मात्रै सेवा बन्द

प्रकाशित मिति

२०७८ चैत्र ९ गते, बुधबार ०४:४९

चैत २०७८, काठमाडौं : यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहनेबारेको आफ्नो सूचना सच्याएको छ । विभागले बुधबार दोस्रोपटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको हो ।


विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।


यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो ।

प्रतिकृया