• ४ साउन २०८३, सोमबार
  • ७:५९ बेलुका

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०६:१३

७ चैत्र २०७८, काठमाडौँ : महालक्ष्मी विकास बैंकको साँफेबगर शाखाले सामाजिक स्थानीय श्री सुर्यचन्द्र प्राविधिक तथा व्यावसायिक नमुना माध्यमिक विद्यालयलाई पानी ट्यांकी तथा डस्टबिन सहयोग गरेको छ ।


विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच एक हजार र पाँच सय लिटरको एक/एक हिल ट्यांक र डष्टविन हस्तान्तरण गरिएको साँफेबगरका शाखा प्रबन्धक पुनित शाहले जानकारी दिए । क्याम्पसको प्राकृतिक वातावरणलाई सफा र स्वच्छ राख्न तथा खानेपानीमा सहजता हुने उद्देश्यले क्याम्पसलाई डस्टविन र पानी ट्यांकी सहयोग गरिएको उनको भनाइ छ ।

Kamana Sewa

सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष रविन्द्र बहादुर शाहलगायतको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया