• १५ असोज २०८३, बिहीबार
  • १२ः५४ राती

युक्रेनबाट तीन दिनको कठिन यात्रापछि सर्विया पुगेकी यारोस्लाभा स्वर्ण जितेपछि भक्कानिइन्

प्रकाशित मिति

२०७८ चैत्र ६ गते, आईतवार ०९:२५

६ चैत्र २०७८, काठमाडौँ : युक्रेनकी यारोस्लाभा माहुचिख शनिबार सर्वियाको बेलग्रेडस्थित स्टार्क एरेनामा निकै भावुक देखिइन्। विश्व एथ्लेटिक्स इन्डोर च्याम्पियनसिपमा भाग लिनका लागि २० वर्षीया यारोस्लभाले निकै कष्ट बेहोर्नु परेको थियो।

National Life

युक्रेनमा रूसको आक्रमणका कारण उनले आफ्नो देशबाट सर्विया पुग्नका लागि पीडादायी यात्रा गर्न पर्‍यो। उनी तीन दिन लगाएर सर्विया पुगेकी थिइन्। जहाँ उनले हाइ जम्पमा उत्कृष्ट प्रर्दशन गर्न सफल भइन्। २.०२ मिटर उफ्रिएकी यारोस्भालाले विश्वभरका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्न सफल भइन्।



तीन दिनको कठिन यात्रा र देशको युद्ध सम्झिएर उनी स्वर्ण जितेपछि भावुक बनेकी थिइन्। युक्रेनमा रूसको आक्रमणको पृष्ठभूमिमा यारोस्लोभाले प्रतियोगितालाई ‘फ्रन्ट लाइनु भनेर वर्णन गरेकी थिइन्। स्वर्ण जितेपछि आफ्नो देशको झण्डा लिएर खुसी मनाउँदा उनलाई त्यहाँ उपस्थित दर्शकले साथ दिएका थिए।’ यो मेरो, मेरो परिवार र मेरो देशको लागि धेरै महत्त्वपूर्ण थियो,’ बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै उनले भनिन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘मैले प्रतिस्पर्धा र प्रशिक्षणको बारेमा सोचेको थिइन। मेरो लागि यहाँ आउन गाह्रो थियो-तीन दिन लगाएर कारबाट यहाँ आएर हाइ जम्पमा उफ्रिन मनोवैज्ञानिक रूपमा धेरै गाह्रो थियो। किनभने मेरो हृदय मेरो देशमा छ। मैले मेरो देशको लागि धेरै राम्रो गरेको छु भन्ने लागेको छ। किनकि मैले मेरो देशलाई एथ्लेटिक्सको ट्र्याकमा जोगाएको छु। यो स्वर्ण मेरो देशको लागि धेरै महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ।’ यो स्पर्धामा अस्ट्रेलियाकी एलनर प्याटरसनले रजत र काजखस्तानकी डुबोभित्खायाले कास्य जितेका छन्।

प्रतिकृया