• २२ भदौ २०८३, सोमबार
  • १ः२५ दिउँसो

एभर्टनको रोमाञ्चक जित

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०७:२४

४ चैत २०७८, एजेन्सी : इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको छ ।

National Life

घरेलु मैदान गुडिसन पार्कमा निर्धारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो । इन्जुरी समय १५ मिनेट खेलिएको थियो ।


खेलको ८३ औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो । तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन ।​ जितसँगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ ।

Classic Tech Desktop

उसको २७ खेलबाट २५ अंक रहदा १७ औं स्थानमा छ । यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४ औं स्थानमा छ । जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

प्रतिकृया