• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

कञ्चनपुरमा  स्थानीय तहको ३४० मतदान केन्द्र निर्धारण

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ११:४२

३ चैत्र २०७८, काठमाडौँ : कञ्चनपुरमा  स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । यसअघि ३३० मतदान केन्द्र रहेको मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् ।

National Life

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ ।


कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको विवरण सङ्कलन पश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ । एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए । तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ ।

Classic Tech Desktop

अन्तिम नामावली प्रकाशनका लागि केन्द्रमा नामावली पठाइएको छ । थप मतदाता १९ हजार ८०० गरी यहाँ मतदाताको सङ्ख्या दुई लाख ९७ हजार ३४१ रहेको छ ।

प्रतिकृया