• १५ असोज २०८३, बिहीबार
  • १२ः५४ राती

युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल अन्तिम आठमा

प्रकाशित मिति

२०७८ चैत्र ३ गते, बिहीबार ०७:२५

३ चैत्र २०७८, काठमाडौँ : इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन् । घरेलु मैदान टुरिनमा भएको दोस्रो लेगमा ३–० अन्तर तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

National Life

बुधबार राति भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा भिल्लारियलले सबै गोल दोस्रो हाफमा गरेको थियो । अर्को खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २-१ अन्तरले हरायो । पहिलो लेगमा २-० अन्तरको जित निकालेको चेल्सीले समग्रमा ४-१ को जित हात पार्यो ।


दोस्रो लेगको खेलमा चेल्सी १-० अन्तरले पछि परेको स्थितिमा खेलमा फर्कन सफल भएको थियो । लिलको लागी बुरक इलमाजको पेनल्टीमार्फत सान्त्वना गोल गर्दा चेल्सीका लागि क्रिश्टियन पुलिसिक र कप्तान सेसर एपिलिकुएटा गोल गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया