• २२ भदौ २०८३, सोमबार
  • ४ः५९ बिहान

केपी ओली प्रतिक्रान्तिका खलनायक भएको प्रचण्डको आरोप

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०३:५९

२ चैत २०७८, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिक्रान्तिको खलनायक भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा उनले बलियो कम्युनिस्ट पार्टी बनाउन आफूहरुले एमाले र माओवादी केन्द्र एकीकृत भएर नेकपा बनेपछि ओलीको कार्यशैलीले एकता टिक्न नसकेको बताए ।

National Life

प्रचण्डले पार्टी विभाजित हुनु दुर्भाग्य भएको बताए । ‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ । उनी नै प्रतिक्रान्तिका खलनायक भए’ प्रचण्डले भने । यो पार्टीका लागि दुर्घटना र चिन्ताको विषय भएको पनि प्रचण्डले बताए ।


समाजवाद निर्माण गर्ने नेपाली जनताको सपनामा ओलीको चरित्रका कारण चकनाचुर भएको प्रचण्डको भनाइ छ ।

Classic Tech Desktop

प्रतिकृया