एथ्लेटिकोसँग पराजित हुँदै बाहिरियो युनाइटेड
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०६:४८
२ चैत २०७८, एजेन्सी : एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक बन्यो । दुई लेगको खेलमा पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । एथ्लेटिको समग्रमा २-१ गोलअन्तरले विजयी बन्यो ।

पराजयसँगै अब राल्फ रांगनिकको टोलीसँग अब प्रिमियर लिगको शीर्ष चारका लागि संघर्ष गर्ने विकल्प मात्र बाँकी रहेको छ । खेलमा युनाइटेडले लामो समय, विशेष गरेर दोस्रो हाफ, मा नियन्त्रण बनाए पनि एथ्लेटिकोको डिफेन्सलाई चिर्न सकेनन् ।
उता बेन्फिकाले पनि आयाक्सलाई उसैको घरेलु मैदानमा १-० गोलले हराउँदै च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । दुई लेगमा समग्रमा बेनफिका ३-२ गोलले विजयी बनेको हो । बेनफिकाका लागि डार्विन नुनेजले निर्णायक गोल गरे ।

Related
Recent News
- यस्तो छ आजको मौसम
- भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया