• 4:59 pm

यू–१८ महिला साफ च्याम्पियनसिप : नेपाल भारतसँग भिड्दै

प्रकाशित मिति

२०७८ चैत्र १ गते, मंगलवार ०८:२३

१ चैत्र २०७८, काठमाडौँ : यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलमा आज (मंगलबार) नेपालले आयोजक भारतको सामना गर्ने भएको छ । भारतको जमसेदपुरमा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच बेलुका सवा ७ बजे प्रतिस्पर्धा हुन लागेको हो ।


डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा दुबै टोली एक अर्कालाई हराएर सुखद सुरुआत गर्न चाहन्छन् । नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशसँग, मार्च २१ मा पुनहस् भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ ।


प्रतियोगितामा नेपाल, भारत र बंगलादेशको मात्रै सहभागिता रहेको छ ।

प्रतिकृया