• २० भदौ २०८३, शनिबार
  • ४ः१७ बिहान

म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०६:४८

२३ फागुन २०७८, काठमाडौँ : इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४-१ गोलको जित निकालेको हो। सिटीको जितमा केभिन डे ब्रुएन र रियाद महरेजले दुईदुई गोल गरे। युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काए।

National Life

खेलको पाँचौ मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा युनाइटेडका लागि सान्चोले गोल गर्दै खेल बराबरीमा फर्काए। तर, त्यसपछि लगातार गोल खाँदा युनाइटेड पराजित भएको हो। ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ६८ औं मिनेटमा महरेजको गोलमा सिटीले ३-१ को अग्रता बनायो।


खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ गोल अन्तरले विजयी गराएका हुन्। शीर्ष स्थानको सिटीले यो जितसँगै २८ खेलमा ६९ अंक जोडेको छ। पाँचौ स्थानको युनाइटेडले ४७ अंक बनाएको छ।

Classic Tech Desktop

प्रतिकृया