• २१ भदौ २०८३, आइतबार
  • ७ः१४ बिहान

बैंक अफ काठमाडौंको नयाँ शाखा झापाको दमकमा

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०५:०४

२२ फागुन २०७८, काठमाडौं : बैंक अफ काठमाडौंले झापाको दमकमा नयाँ शाखा बिस्तार गरेको छ । सो शाखाको आज मिति फागुन २२ गते एक समारोहका बिच दमक नगरपालिकाका मेयर श्री रोमनाथ ओली र बैंकका संचालक श्री गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा औपचारिक समुद्घाटन गरेका हुन् ।

National Life

औपचारिक समुद्घाटन कार्याक्रममा श्री दमक नगरपालिकाका नगर उप–प्रमुख श्रीमती गिता अधिकारी, श्री उद्योग वाणिज्य संघ, दमकका अध्यक्ष श्रीमान् गोकुल श्रेष्ठ, श्री चेम्बर अफ कर्मस, दमकका अध्यक्ष श्रीमान् राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरे ।


उक्त कार्याक्रममा बैंकका संचालक श्रीमान् गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

Classic Tech Desktop

श्री दमक नगरपालिकाका नगर प्रमुख श्रीमान् रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई दमकमा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिए ।


बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । बैंकको अगामी दिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखाहरु संचालन गर्ने योजना अगाडि रहेको छ ।

प्रतिकृया