• २१ भदौ २०८३, आइतबार
  • ३ः५६ राती

बैंकिङ कसुरमा दोषी ठहर भएका एक जना पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन २२ गते, आईतवार ०५:०७

२२ फागुन २०७८, काठमाडौंः बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।

National Life

फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।

प्रतिकृया