• २१ भदौ २०८३, आइतबार
  • ४ः३३ बिहान

युक्रेन बचेन भने पूरै युरोप बच्ने छैन जेलेस्की

प्रकाशित मिति

२०७८ फाल्गुन २१ गते, शनिबार ०३:५८

२१ फागुन २०७८, काठमाडौँ :  युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेस्कीको नयाँ भिडियो सार्वजनिक भएको छ। युक्रेनी राष्ट्रपति कार्यालयबाट जारी एक भिडियोमा उनले युरोपका मानिसहरुसँग युक्रेनको समर्थन गर्न आह्वान गरिरहेका छन्। राष्ट्रपति भ्लादमिर जेलेस्कीले युक्रेनले हारे सबै युरोप सिद्धने बताएका छन् ।

National Life

राष्ट्रपतिले देश छाडेर पोल्याण्ड भागेको समाचारहरु आइरहँदा उनले यस्तो बताएका हुन् । उनले युक्रेनको समर्थन नगर्ने हो भने रुसबाट युरोप सुरक्षित नहुने बताएका छन्।


उनले भनेका छन्, ‘चुप नबस्नोस्, युक्रेनको समर्थन गर्नुस्। किनकी यदी युक्रेन बचेन भने पूरै युरोप बच्ने छैन।’ जपोरिजिया परमाणु संयन्त्र आक्रमणपछि जेलेस्कीले रुसमाथि परमाणु आतंकवादको आरोप लगाए। उनले युक्रेनमा १५ न्यूक्लियर रिएक्टर्स रहेको भन्दै यदी न्यूक्लियर विस्फोट भएमा पूरै युरोप समाप्पत हुने बताए ।

Classic Tech Desktop

प्रतिकृया