• २२ भदौ २०८३, सोमबार
  • २ः०७ राती

आगामी निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने गगन थापाको दाबी

प्रकाशित मिति

२०७८ फाल्गुन २१ गते, शनिबार ०३:३२

२१ फागुन २०७८, काठमाडौँ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस एक्लैले बहुमत ल्याउने र पाँच वर्ष सरकार चलाउने दाबी गरेका छन्। कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको ८‍औं महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।

National Life

थापाले यसअघि तत्कालिन नेकपालाई पाँच वर्षसम्म सरकार चलाउने म्याण्डेट हुँदापनि त्यो पूरा गर्न नसकेको टिप्पणी गरे । उनले नेकपाले आफ्नै घरमा आगो लगाएको पनि बताए । उनले तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस ५० वर्षसम्म सरकारमा नआउने भनेर गरेको दाबी सम्झाएका थिए ।


उनले नेकपाले पाँच वर्ष पनि सरकार चलाउन नसकेको र बीचमै कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको पनि उल्लेख गरे । उनले एमालेले निरन्तर संसद् अवरोध जारी राखे तोकिएको मितिभन्दा अघि नै संघको निर्वाचन हुनेपनि दाबी गरे ।

Classic Tech Desktop

पछिल्लो समय थापाले संघको निर्वाचन अघि नै हुनसक्ने अभिव्यक्ति दिएका छन् । चार दलीय गठबन्धनमा पनि अर्ली–ईलेक्शनको कुरा उठेको छ ।

प्रतिकृया