• २२ भदौ २०८३, सोमबार
  • २ः०७ राती

बानेश्वरमा युबकले ढुंगा हान्दै गर्दा कम्युनिस्टले भोट हेर्यो , कांग्रेसले युबकको भविष्य : महामन्त्री शर्मा (भिडियो सहित)

प्रकाशित मिति

२०७८ फाल्गुन १९ गते, बिहीबार १२:२१

“केपि ओलीले बाेलेको त प्रश्टै बुझिन्थ्यो , हाँच्छ्यु भनेको पनि बुझिन्थ्यो , हल्दी पानी, अम्बाको पत्ता भनेपनि बुझिन्थयो, शेरबहादुर देउवाले के भन्लान् भनेकाे …………..”

National Life

सुजिता सापकाेटा, १९ फागुन २०७८, काठमाडौं : कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले एमसीसीको बिरुद्धमा बानेश्वरमा युबकले ढुंगा हान्दै गर्दा कम्युनिस्टले भोट मात्र हेरेको तर नेपाली कांग्रेस पार्टीले त्यस युबकको भविष्य हेरेको बताएका छन् । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले आयोजना गरेको मध्यपुर थिमि नगर सम्मेलनमा बोल्दै महामन्त्री शर्माले उक्त अभिब्यक्ति दिएका हुन् ।


एमसीसी पास हुँदा अमेरिकी सेना नेपालमा आउँछन् भन्ने भ्रममापरी युवाहरुले बानेश्वरमा एकसीसीबिरुद्ध प्रदर्शन गर्दै ढुङ्गा हान्दा कम्युनिस्टले भोट हेरे पनि कांग्रेसले युवकहरुको भविष्य हेरेको भन्दै सडकमा एमसीसी मुर्दाबाद भनेर नारा लगउनेप्रति कुनै आपत्ति नरहेकोे उनले बताएका छन् । कसैलाई अमेरिकी सेना आउँछ भनेर लाग्यो भने आउनहुन्न भनेर बिरोध गर्नेप्रति आफ्नो सलाम रहेको बताउँदै उनले भने “मेरो सलाम छ ति युवकहरुलाई जसले आफ्नो राष्ट्रबादको भावना प्रकट गर्नुभयो”। अमेरिकी सेनाले नेपाल आउन चाहेमा कागजमा हस्ताक्षर गरेर सोधेर नआउने पनि उनले प्रश्ट पारेका छन् । एउटा देशको सेना अर्को देशमा जबरजस्ती पस्नु भनेको चोरी र डकैती भएको उनले जिकीर गरे। ‘चोरी गर्दा कुनै चोरले पछि चोर्न आउँछु, प्रश्न गर्न पाउनुहुन्न भनेर कागजमा सही गराएर आउँछ ?’ उनले प्रश्न गरे ।

Classic Tech Desktop

उनले मुड्की बटार्नु, नारा लगाउनु मात्र राष्ट्रबाद नभएका बताएका छन् । उनका अनुसार साँचो तथा जिम्मेवार कुरा गर्नु र देशभक्तिको जागृत गराउनु नै राष्ट्रबाद हो । संसारभरीबाट आउने अनुदान लिएर पनि देश बनाउन सकिने भन्दै आउने १२ बर्ष अर्थात् बि सं २०९० सालमा पुगेपछि कुनै देशले चन्दा दिन चाहेको खण्डमा चन्दा दिने धन्दा बन्द गराउने अवस्थामा नेपाललाई पुर्याउने नेपाली कांग्रेसको संकल्प रहेको पनि उनले बताए ।


महामन्त्री शर्माले कांग्रेसले कदापी राष्ट्रघात नगर्ने पनि दाबी गरेका छन् । नेपाली कांग्रेस पार्टी आफ्नो लागि मात्र भोट नमाग्ने तर जनताहरुको भोट हाल्न पाउने अधिकारलाई झकझकाउने गरेको भन्दै अब आउने चुनाबमा महामारीकाे समयमा दुई सरकारले गरेकाे कामकाे समिक्षा गर्दै भाेट हाल्न समेत उनले आग्रह गरेका छन् ।


त्यस्तै, केपि ओलिले काेराेना महामारीमा दिएका अभिब्यक्तिलाई ब्यंग्य गर्दै शर्माले नेपाली कांग्रेसका अध्यक्ष तथा प्रधानमन्त्री देउवाले खोपलाई राष्ट्रिय प्राथामिकता बनाएकाले नेपाली कांग्रेसलाई नै भोट दिनपर्ने समेत बताए ।


उनले भने, ” केपि ओलीले बाेलेको त प्रश्टै बुझिन्थ्यो , हाँच्छ्यु भनेको पनि बुझिन्थ्यो , हल्दी पानी, अम्बाको पत्ता भनेपनि बुझिन्थयो, शेरबहादुर देउवाले के भन्लान्, के भन्लान् भनेको संसदमा खोप खोप-खोप-खाेप भनेको त बुझियो होला नि, पाखुरामा लगाउने बेलामा त बुझियाे हाेला नि ?”

भिडियो


प्रतिकृया