• २४ भदौ २०८३, बुधबार
  • १०ः५० राती

कलाकार लामाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने – असल साधक गुमायौं

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०६:५५

११ फागुन २०७८, काठमाडौं : कलाकार एंव लोकगायक जयनन्द लामाको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

National Life

उनले लेखेका छन्, ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।

प्रतिकृया