• २५ भदौ २०८३, बिहीबार
  • ११ः५५ राती

चीनको हिन्द महासागरमा नजर, मालदिभ्सको आन्तरिक राजनीतिमा हस्तक्षेप

प्रकाशित मिति

२०७८ फाल्गुन ११ गते, बुधबार ०७:००

एजेन्सी,

National Life

११ फाल्गुन २०७८,बेइजिङ : हिन्द महासागर क्षेत्रमा प्रभुत्व जमाउने उद्देश्यका साथ आफ्नो ऋणी रहेको मालदिभ्समा चीनले राजनीतिक अस्थिरता फैलाउने प्रयास गरिरहेको आरोप छ। मालदिभ्सका पूर्व राष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट रिहा भएको केही दिनपछि चीनका विदेश मन्त्री वाङ ये माल्दिभ्स पुगेका थिए। यामिनले आफ्नो राष्ट्रपतिको शासनकालमा मालदिभ्समा चीनलाई गहिरो प्रवेश दिलाउने र आफ्नो राजनीतिक उचाइ वृद्धि गर्ने योजना ल्याएका थिए।


सन् २०१३ देखि २०१८ सम्ममा यामिनलाई चीनले ठुलो सहयोग गरेको र यामिनले पनि त्यसको बदलामा मालदिभ्समा चीनलाई गहिरो रुपमा प्रवेशको लागि ढोका खुला गरेका थिए। इस्लामिक कट्टरपन्थीहरूले यामीनलाई २०२३ मा राष्ट्रपतिको चुनावको लागि अग्रसर हुँदा देशभर राजनीतिक आगो सल्काउने प्रयासमा समर्थन गरिरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

अब हिन्द महासागर क्षेत्रमा आफ्नो प्रभावलाई बलियो बनाउन चीनले बहु आयामिक दृष्टिकोणमा काम गरिरहेको छ। जसमा इस्लामिक राष्ट्रवादी राजनीतिक एजेन्डाको सहयोगमा वर्तमान राजनीतिक प्रतिष्ठाविरुद्धको अभियानलाई बढवा दिने कामहरू गरिरहेको मालदिभ्स भ्वाइसले रिपोर्ट गरेको छ।


नेपालमा कम्युनिस्ट घटकहरूलाई एक गरेर नेकपा गठन गराए झैँ चीनले प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स ९पीपीएम० र पिपुल्स नेसनल कङ्ग्रेस ९पीएनसी० जस्ता राजनीतिक दलहरूलाई एकसाथ ल्याएर परिवर्तनको लागि राजनीतिक वातावरण सिर्जना गर्ने प्रयास पनि गरिरहेको छ। विदेशान्त्री वाङ यीले आफ्नो मालदिभ्सका समकक्षी अब्दुल्ला सहिदसँग आफ्नो भ्रमणका क्रममा हस्ताक्षर गरेका पाँच वटा सम्झौताबाट यो कुरा पुष्टि हुन्छ।


जसमा अस्पताल सहायता र सहयोग कार्यक्रम, मालदिभ्सका पाँच टापुहरूमा माइक्रो(ग्रिड समुद्री पानी डिसेलिनेशन प्लान्टहरू स्थापना, आर्थिक र प्राविधिक सहयोग सम्झौता, भिसा छूट सम्झौता, चीन-मालदिभ्स मैत्री पुलको मर्मत सम्भार रहेका छन्। यसबाहेक, चीनले मालदिभ्ससँग परियोजनाहरूको लागि पैसा दिएर आफ्नो सहयोगलाई अझ गहिरो बनाउने बताइएको छ।


वाङ यीको एक दिवसीय भ्रमणका क्रममा चीनले मालदिभ्सलाई पूर्वाधार परियोजनाका लागि ६३ मिलियन अमेरिकी डलर अनुदानको प्रस्ताव गरेको थियो।


माल्दिभ्स भौगोलिक रूपमा धेरै रणनीतिक स्थितिमा छ। यो अडेनको खाडी र मलाक्का स्ट्रेटको बीचमा छ, जसले यसलाई हिन्द महासागरमा एक धेरै महत्त्वपूर्ण द्वीप समूह बनाउँछ।


मलाक्का स्ट्रेट इन्डोनेसिया र मलेसिया हुँदै जाने साँघुरो जलमार्ग हो र जसबाट हरेक वर्ष ७० प्रतिशतभन्दा बढी चिनियाँ सामान र तेल ढुवानी गरिन्छ। चीनलाई डर छ कि यदि उसको प्रतिद्वन्द्वीहरूले सामानको आवतजावतमा रोक लगाए भने यसको अर्थतन्त्र सङ्कटमा पर्छ।


यी सबैबाट बच्न चिनियाँ नेतृत्वले हिन्द महासागरमा दोस्रो सैन्य अड्डा बनाउने लक्ष्य राखेको छ र मालदिभ्सको एक मैत्रीपूर्ण सरकारले मात्र फेयधु फिनोल्हु टापुलाई पूर्ण सैन्य आधारमा परिणत गर्ने मौकालाई बढवा दिन सक्छ।

विज्ञहरूका अनुसार चीनले हिन्द महासागर क्षेत्रमा विशेष गरी माल्दिभ्स र श्रीलङ्कामा टापु कब्जा गर्ने रणनीतिलाई दोहोर्‍याउन खोजिरहेको छ।

प्रतिकृया