हेटौँडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान, यस्ता छन् आवश्यक योग्यता
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार १२:१८
२६ माघ २०७८, काठमाडौं : सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।
महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयको प्रशासन तथा संस्था शाखामा दरखास्त दिन सकिने छ । ३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन् ।
मन्त्रालयका अनुसार प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिहरुले दरखास्त दिनसक्ने छन् ।







प्रतिकृया