निर्वाचन आयोगको विज्ञसँग छलफल : चुनावमा विद्युतीय मेसिनमार्फत भोटिङकाे सम्भावना
प्रकाशित मिति
२०७८ माघ २६ गते, बुधबार १२:५५

२६ माघ २०७८, काठमाडौं : निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्न लागेको हो ।
परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको पौडेलले जानाकारी दिए । त्यस्तै, विद्युतीय मेसिनबाट चुनाव गराउन के कस्तो सम्भावना छ भन्नेबारे यो सामान्य छलफलमात्रै रहेको उनले प्रश्ट पारे ।
ठूलो क्षेत्रमा नभए पनि सानो क्षेत्र, कुनै जिल्ला वा सहरमा उक्त बिधीद्वारा चुजाब गर्न सकिन्छ कि भनेर सामान्य सुरूवाती छलफलमात्रै हुने पौडेलको भनाइ छ ।
सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
प्रतिकृया