फागुन १ देखि विद्यालय खोल्न सिफारिस, बालबालिकालाई आलोपालो
प्रकाशित मिति
२०७८ माघ २३ गते, आईतवार ०६:२९

२३ माघ २०७८, काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको बैठकले सरकारलाई फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जनाएकी छिन् ।
उनका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको जनाइन् । साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ ।
रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ र पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको बताएकी छिन् ।
प्रतिकृया