• २४ भदौ २०८३, बुधबार
  • १२ः३६ राती

फागुन १ देखि विद्यालय खोल्न सिफारिस, बालबालिकालाई आलोपालो

प्रकाशित मिति

२०७८ माघ २३ गते, आईतवार ०६:२९

२३ माघ २०७८, काठमाडौँ : कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको बैठकले सरकारलाई फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जनाएकी छिन् ।

National Life

उनका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको जनाइन् । साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि पनि सिफारिस गरेको छ ।


रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ र पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको बताएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया