• २१ भदौ २०८३, आइतबार
  • ७ः३२ बिहान

मन्त्रालय बढाएकामा एमालेको विरोध, प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको आरोप

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०४:२२

२१ माघ २०७८, काठमाडौं : प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेता भीम आचार्यले विज्ञप्ति जारी गर्दै प्रदेश सरकार जनविरोधी र वाइह्यात रहेको आरोप लगाएका छन् ।

National Life

नेकपा एमाले संसदीय दल सरकारको यस्तो जनविरोधी रवैयाको निन्दा र भर्त्सना गर्ने र यस्ता कामहरु अविलम्ब रोक्‍न तथा बाढी(पहिरो पीडित जनताको राहतको निम्‍ति अघिल्लो सरकारले गरेका निर्णयहरु कार्यान्वन गर्न विज्ञप्तिमा आह्वान गरिएको छ ।

त्यस्तै, महामारीविरुद्धको खोप कार्यक्रम व्‍यवस्थित गर्न, प्रदेश सभाले पारित गरेको नीति कार्यक्रम कार्यान्वयन गर्न किसानलाई सुलभ तरिकाले मल, बीउ उपलब्ध गराउन तथा राजस्व नीतिमा सुधार ल्‍याउँदै बजेटको आकार दोब्बरले वृद्धि गरी विकास र राहत अभियानलाई तीव्रता दिन नेकपा एमाले प्रदेश(१ ले प्रदेश सरकारलाई आग्रह गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया