• १७ असोज २०८३, शनिबार
  • ५ः२२ बिहान

दक्षिण कोरिया फिफा विश्वकपमा छनोट

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार १०:५९

१९ माघ २्०७८, काठमाडौं : एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलकालागि स्थान पक्का गरेको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा छनोट भएको हो ।

National Life

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ ।


तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । ५३ औं मिनेटमा किम र ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए । जितपछि ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । यसअघि नै शीर्ष स्थानको इरान विश्वकपमा छनोट भइसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पछिल्लो खेलमा युएईलाई १-० ले पराजित गरेको इरान २२ अंकसहित शीर्ष स्थानमा छ । एसियाली क्षेत्रको तेस्रो चरणको छनोटअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने २-२ टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् ।


समूह बी मा भने रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । जापानले साउदी अरेबियाको अपराजित यात्रा ब्रेक लगाइँदिदा अष्ट्रेलिया ओमानसँग बराबरीमा रोकिएको छ ।

प्रतिकृया