• 7:47 pm

दुई सय किसानलाई हातेट्याक्टर वितरण

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०९:३०

hatetracter 2 1W0G0m3zAI scaled e1643773501341

१९ माघ २०७८, काठमाडौँ : बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।


वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनस् प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर वितरण गरेको छ ।


७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईले बताए । हातेट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको हो ।

प्रतिकृया