• २२ भदौ २०८३, सोमबार
  • १ः१८ राती

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको आयोगको दाबी, ९ देखि ३ बजेसम्म मतदान हुने

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार १०:२०

१ माघ २०७८, काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको दाबी गरेको छ। बुधबार (.माघ १२) गते हुने राष्ट्रियसभा चुनाव कोरोना संक्रमणबीच हुन लागेको हो। राष्ट्रियसभामा रिक्त हुने केही सिटका लागि निर्वाचन हुन लागेको हो। आयोगले मतदानका लागि सातवटै प्रदेशका मतदान केन्द्रले तयारी पूरा गरेका हुन्।

National Life

राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो। आयोगले बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ। मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।


राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

Classic Tech Desktop

राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ।


महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

प्रतिकृया