बेहुला चढ्न बनाइएको रथले किचेर बारामा २ जनाको मृत्यु, १६ घाइते
प्रकाशित मिति
२०७८ माघ ११ गते, मंगलवार १०:३०
११ माघ २०७८, काठमाडौं : बारामा बेहुला चढ्नका लागि प्रयोग गरिएको रथले किचेर दुई जनाको मृत्यु भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति रथले किचेर अन्य १६ जना घाइते भएका छन् । बेहुला लिएर नस्किन लागेको रथ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सिम्रौनागढ नगरपालिका– ७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलम कुमारी राम रहेका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । दुवैजनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
थापाका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।
प्रहरी नायब उपरीक्षक थापाका आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला निकाल्ने तयारी हुँदै गर्दा रथ दुर्घटना भएको हो । बेहुला भने रथमा चढ्न बाँकी नै थियो ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया