• २० भदौ २०८३, शनिबार
  • ५ः३१ बेलुका

टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः सञ्चालन

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार ०७:२८

११ माघ २०७८, काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एक हप्ताका लागि स्थगित भएको खोप अभियान आजबाट सुरु हुँदैछ। एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको हो।

National Life

अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताए। उनका अनुसार मंगलबार बिहान १० बजेदेखि खोप अभियान सुरु हुनेछ। आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना पुष्टि भएपछि खोप अभियान स्थगित भएको थियो।


अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज उपलब्ध गराउँदै आएको थियो।

Classic Tech Desktop

प्रतिकृया