• २१ भदौ २०८३, आइतबार
  • ७ः३४ बिहान

तेलमै मासिक २५ अर्ब भन्दा बढी विदेशिन थाल्यो

प्रकाशित मिति

२०७८ माघ १० गते, सोमबार ०४:३४

१० माघ २०७८, काठमाडौं : पेट्रोलियम पद्धार्थको मूल्य बढ्दा मासिक २५ अर्बभन्दा बढी रकम विदेशिन थालेको छ । आज नेपाल आयल निगमले जनवरी महिनाको दोस्रो किस्ताको १३ अर्ब २० करोड पठाएको छ ।

National Life

विश्व बजारमा तेलको मूल्य प्रतिब्यारल ९० डलर रहेको छ । मूल्यवृद्धि निरन्तर भइरहेको छ । निगमले घाटा व्यहोरिरहेको छ । एक अर्ब ८० करोड रुपैयाँ सरकारबाट लिएर निगमले इन्डियन आयल कर्पोरेशनलाई १ अर्ब २० करोड पठाएको हो ।


मासिक २५ अर्ब रुपैयाँभन्दा बढी रकम विदेशिन थालेपछि देशको आयात खर्च पनि बढेको छ । यसले व्यापार घाटा बढ्नुका साथै विदेशी मुद्रा संचितीमा पनि कमी आउने देखिएको छ ।

Classic Tech Desktop

तेलको मूल्य अत्याधिक वृद्धिले पैसा विदेशिने क्रम बढेपनि सरकारले विद्युतीय सामाग्रीको प्रयोगमा छूट दिने नीति लिएको छैन । यसले भविष्यमा ठूलो आर्थिक संकट आउन सक्ने देखिदैछ ।

प्रतिकृया