• २२ भदौ २०८३, सोमबार
  • ९ः४७ बिहान

गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०३:५५

७ माघ २०७८, काठमाडौं : मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरी बिक्री गरेको अभियोगमा महानगरपालिका २७ ज्याठा बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका(६ घर भएका नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेको अवस्थामा गुणस्तरतहीन तयारी मह ६ सय किलो, मह बनाउन प्रयोग गरिने कच्चा तथा गुणस्तरहीन मह ६ हजार ५ सय किलो, ग्लुकोज ५ सय किलो, चिनी १ सय किलो, १र१ थान तौल मेसिन, लेभल मेसिन, सिल मेसिन, पेट्राइज मेसिन, स्टोरेज मेसिन, स्पर्स हनीका लेभलहरु र १ हजार पिस पेट जार सहित फेला पारी पक्राउ गरेको हो ।


श्रेष्ठले बिगत ७ वर्ष अगाडिदेखि आफ्नै श्रीमतीको नाममा नतिजा प्याकेजिङ सञ्चालन गरी गुणस्तरहीन मह बनाई बिक्री गर्ने, नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्स हनी नामको लेबल टाँसी बिक्री बितरण गर्ने, गुणस्तरहिन मह काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेष्टुरेण्टहरुमा थोक तथा खुद्रा बिक्री बितरण गर्ने, मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गरी गुणस्तरहीन मह बनाई प्रति केजी ६ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको बुझिएको उक्त महाशाखाले जनाएको छ ।

Classic Tech Desktop

साथै उक्त स्पर्स हनी खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंमा परिक्षण गर्दा एचएमएफ र एफजी रेसियोको मात्र नेपाल सरकारको लागि तोकिएको अनिवार्य गुणस्तर अनुरुप नरहको र मह खान योग्य नरहेको भन्ने खुलेको छ । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंपठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिकृया