ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या
प्रकाशित मिति
२०७८ माघ ६ गते, बिहीबार ०२:४२
६ माघ २०७८, काठमाडौं : एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका(६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ । पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।
घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए ।
अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको छ ।
Recent News
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया