• 9:21 pm

उपत्यकाका यी २७ स्थानमा बुस्टर डोज लगाइदै

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०६:५१

४ माघ २०७८, काठमाडौँ : कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहँदा काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौँका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।


काठमाडौँका यी स्थानमा लगाइने छ बुस्टर डोज

-त्रिवि शिक्षण अस्पताल
-वीर अस्पताल
-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
-सशस्त्र प्रहरी बल अस्पताल बलम्बु
-सहिद मेमोरियल अस्पताल कलंकी
-वीरेन्द्र सैनिक अस्पताल छाउनी
-लोट्से भवन नयाँ बसपार्क
-नेपाल प्रहरी अस्पताल महाराजगन्ज
-बयोधा अस्पताल बल्खु
-प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली
-निजामती अस्पताल नयाँ बानेश्वर
-एपेक्स पोलिक्लिनक जडिबुटी
-काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग
-पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी
-जनमैत्री अस्पताल बालाजु
-नर्भिक अस्पताल थापाथली
-शुभेच्छा अस्पताल सीतापाइला
-ग्रान्डी अस्पताल
-नोबेल अस्पताल सिनामंगल

ललितपुर महानगरपालिका

-सुमेरु अस्पताल
-सर्वाङ्ग अस्पताल
-अल्का अस्पताल
-स्टार अस्पताल
-निदान अस्पताल
-बिएन्डबी अस्पताल
-मेडिसिटी अस्पताल

प्रतिकृया