• २१ भदौ २०८३, आइतबार
  • ९ः०४ बिहान

कोरोनाको बुस्टर डोज माघ २ र १४ गतेदेखि लगाउने

प्रकाशित मिति

२०७८ माघ १ गते, शनिबार ०९:३४

१ माघ २०७८, काठमाडौँ :  सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ ।

National Life

माघको सुरुमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई र माघ महिनाको दोस्रो हप्तादेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर डोज दिन निर्णय भएको बस्नेतले जानकारी दिइन् । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाइने छ ।

प्रतिकृया