• २२ भदौ २०८३, सोमबार
  • २ः३९ दिउँसो

भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०७:२९

३० पुस २०७८, काठमाडौँ : रुपन्देहीको भैरहवामा आज भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगरको बुद्ध चोकमा लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।

National Life

बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा सवार बस्याललाई ठक्कर दिएको थियो । ठक्कर दिएको ट्रकले केही दुरी घिसारेपछि उनको मृत्यु भएको हो । बुद्ध चोकबाट ट्रकले मोटरसाइकल घिसार्दै नयाँ सडकस्थित भाटभटेनी नजिक ल्याएपछि आक्रोशित स्थानीयले ट्रकमाथि ढुंगामुढा गर्दा क्षति पुगेको छ ।


प्रहरीले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया