• २२ भदौ २०८३, सोमबार
  • ३ः१८ दिउँसो

सेल्सवेरीले स्वदेशी उत्पादनको खपत बढाउन ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०७:२४

३० पुस २०७८, काठमाडौँ : गुणस्तरीय समान, उचित तथा उत्कृष्ट ग्राकसेवालाई आफ्नो मुलमन्त्र बनाई विगत २८ बर्षदेखि चेन डिपार्टमेण्ट स्टोरको रुपमा सञ्चालनमा रहेको छ । चेन डिपार्टमेण्ट स्टोर सेल्सवेरीले स्वदेशी उत्पादनको खपत बढाउनका लागि ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।

National Life

सेल्सवेरीले माघ १ देखि २ महिना यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ । नेपाली उत्पादनलाई चिनाउन र बजार बिस्तार गर्दै व्यापार घाटा न्युनीकरणमा सघाउन यस्तो अभियान सञ्चालन गरिएको डिपार्टमेण्ट स्टोरले जनाएको छ । यसका लागि स्वदेशी वस्तु उत्पादकहरुसँग सहकार्य गरिएको छ ।


बजार पाउन नसकी पहिचान नपाएका स्वदेशी उत्पादनको प्रवद्र्धनमा यो अभियानले टेवा पुग्ने विश्वास सेल्सवेरीले लिएको छ । यसका अलावा त्यस्ता उत्पादनको बजार बिस्तारसँगै रोजगारी सिर्जना गर्नमा पनि अभियानले सघाउने स्टोरको अपेक्षा छ ।

Classic Tech Desktop

पछिल्लो ७ वर्षदेखि चेन डिपार्टमेण्ट स्टोरका रुपमा सेवा दिँदै आएको सेल्सवेरीले आगामी ५ वर्ष भित्र १०० वटा शाखा बिस्तार गरी ३ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको समेत जनाएको छ ।

प्रतिकृया