• १७ असोज २०८३, शनिबार
  • ६ः२० बिहान

काउटिन्हो एस्टन भिल्लामा

प्रकाशित मिति

२०७८ पुष २३ गते, शुक्रबार ०७:५५

पुस २३ २०७८, एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्हो इङ्लिस क्लब एस्टन भिल्ला भित्रिएका छन् । ​क्याटलान क्लब बार्सिलोना र भिल्लाबीच शुक्रबार सहमति भएसँगै ब्राजेलियन प्लेमेकर काउटिन्हो पुनः प्रिमियर लिगमा फर्किएका हुन् । लोनमा भित्रिएका कौटिन्होले यस सिजनको अन्त्यसम्म भिल्लाबाट खेल्नेछन् ।

National Life

कौटिन्होले यसअघि पाँच वर्ष लिभरपुलबाट खेलेका थिए । सन् २०१८ मा बार्सिलोना भित्रिनुअघि कौटिन्होले लिभरपुलबाट दुई सय एक खेलमा ५४ गोल गरेका थिए ।

प्रतिकृया