बैंकमा ‘डिपोजिट’ गर्न लागिएको १६ लाख रुपैयाँ बानेश्वरमै लुटपाट, बैंकका कर्मचारीसहित ४ जना पक्राउ
प्रकाशित मिति
२०७८ पुष २३ गते, शुक्रबार ०७:४१
२३ पुस २०७८, काठमाडौँ : एनआईसी एसिया बैंकको बानेश्वर शाखामा दाखिला गर्न लैजना लागिएको पैसा लुटपाट भएको छ । बैंककै कर्मचारीको योजना १६ लाख ३० हजार रुपैयाँ लुटपाट भएको हो। काठमाडौँ महानगरपालिका-१० को वडा कार्यालयको १२ लाख ४५ हजार र मेटलाइफ इन्सुरेन्सको ३ हजार ८५ हजार रुपैया बैंकमा दाखिला गर्न जाने क्रममा लुटपाट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) सुदीप गिरीले बताए ।
लुटपाटमा संलग्नमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एनआईसी एसिया बैंकका कर्मचारी २७ वर्षीय प्रदीप खत्री, सिन्धुपाल्चोकगढी नगरपालिका–६ साँगाचोक घर भएका २४ वर्षीय विमल तामाङ, रामेछापको रामेछाप नगरपालिका–२ घर भएका शक्तिराज पौडेल र रामेछापकै २७ वर्षीय अनीश खड्का छन् ।
उनले भने, ‘आरोपीहरूको साथबाट प्रहरीले १३ लाख ४६ हजार बरामद गरेको छ।’ गत आइतबार काठमाडौँ महानगरपालिका–३१ स्थित युनिग्लोब कलेज अगाडिबाट सङ्कलन गरेर ल्याउँदै गरिएको उक्त रकम लुटपाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।








प्रतिकृया