• ५ साउन २०८३, मंगलबार
  • १०:४७ बिहान

चालु आर्थिक वर्षको पाँच महिनामा १३४ वटा उद्योग दर्ता

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार १०:५७

१४ पुस २०७८, काठमाडौँ : चालु आर्थिक वर्षको पाँच महिनामा एक सय ३४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक अनुसार साउन महिनादेखि मंसिर मसान्तसम्म उक्त संख्यामा उद्योग दर्ता भएका हुन् । विभागको तथ्याङक अनुसार साउन महिनामा मात्र साना ठुला र मझौला गरी ४१ वटा उद्योगहरु दर्ता भएका छन् । दर्ता भएका उद्योगहरु ५ करोड लगानीदेखी ५ अर्ब रुपैयाँ सम्मका रहेका छन् ।


साउन महिनामा पाँच करोड लगानीमा चितवनमा टिपिइएस कन्ष्ट्रक्सन प्राली दर्ता भएको छ भने सोहि महिनामै झापामा ६० करोड ५० लाख लगानी ईष्ट सोलार प्रालि दर्ता भएको छ । त्यस्तै, उक्त महिना दर्ता भएका उद्योगहरु मोरङमा ३० करोड लगानीमा सिमरन फार्मस प्रा . लि, मनाङमा १ अर्ब २९ करोड ६३ लाख ५७ हजार ६०४ रुपैयाँ लगानीमा बुटवल पावर कम्पनी, ललितपुरमा १५ करोड लगानीमा मिदास एजुकेशन प्रा. लि रहेका छन् ।

Kamana Sewa

त्यसैगरि, महोत्तरीमा १ अर्ब २८ करोड ६२ लाख ४४ हजार रुपैयाँमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रा. ली, पर्सामा ६२ करोड लगानीमा महाविर एग्रो प्रोडक्ट प्रा. ली, दाङमा २९ करोड ७६ लाख ४५ हजार रुपैयाँ लगानीमा स्वर्गद्धारी फीड इण्डष्ट्री प्रालि, नवलपरासीमा ४४ करोड १२ लाख ६४ हजार ४४७ रुपैयाँ लगानीमा हिमालयन इन्जिनियरिङ एण्ड इनर्जी प्राली पनि साउन महिनामै दर्ता भएको तथ्याङकमा उल्लेख छ ।

Classic Tech Desktop

यता बारामा १ अर्ब ३१ करोड ६९ लाख लगानीमा सि.जि अटोमोटिभ इण्डष्ट्री प्रालि, रुपन्देहीमा ६३ करोड ९ लाख ६७ हजार ८६३ रुपैयाँ लगानीमा श्रीराम टोबाको उद्योग प्रा.लि, काठमाडौंमा १० करोड रुपैयाँ लगानीमा चेन इन्टरनेशनल कार्गो, ५ करोड रुपैयाँ लगानीमा नेपाल हाइलाइट्स इन्टरनेशनल कार्गो, १५ करोड रुपैयाँ लगानीमा मेतु इन्टरनेशनल कार्गो र ५० करोड रुपैयाँ लगानीमा युनाइटेड मोर्डन कन्सट्रक्सन उद्योग दर्ता भएका छन् ।


ललितपुरमा ५ करोड रुपैयाँ लगानीमा चुचुमु अटेलियर गार्मेन्टस्, बाँकेमा १६ करोड रुपैयाँ लगानीमा वेलिज इन्टरटेन्मेन्ट, नवलपरासीमा १० करोड रुपैयाँ लगानीमा हिलिङ हर्बस नेपाल, कपिलवस्तुमा ५ अर्ब ९० करोड ५५ लाख रुपैयाँ लगानीमा गौरी शंकर सिमेन्ट दर्ता भएका छन् ।


साउन महिनामै दर्ता भएका उद्योगहरुमा ओखलढ्ङगामा ३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ लगानीमा पुवा खोला वन हाइड्रोपावर, काठमाडौंमा थप ७५ करोड रुपैयाँ लगानीमा तीन होटल एण्ड रेष्टुरेण्ट दर्ता भएका छन् । दर्ता भएकाहरु होटल एण्ड रेष्टुरेण्टहरु झाङ युपेग्ङ होटल एण्ड रेष्टुरेण्ट, यु हाइफेङ होटल एण्ड रेष्टुरेण्ट र होङ्ग मेइ होटल एण्ड रेष्टुरेण्ट हुन् ।


विभागको तथ्याङक अनुसार पर्सामा २३ करोड २६ लाख रुपैयाँ लगानीमा अदिरा टेक्सटाइल इन्डष्ट्रिज, नवलपरासीमा १ अर्ब १३ करोड रुपैयाँ लगानीमा सिद्धिलक्ष्मी फुड प्रालि (दाल चामल) र १ अर्ब ७३ करोड रुपैयाँ लगानीमा सिद्धिलक्ष्मी फुड प्रालि (तेल), बारामा ३३ करोड ३ लाख १४ हजार ७५० रुपैयाँ लगानीमा कलश सोप इन्डष्ट्रिज, कैलालीमा ४१ करोड १० लाख लगानीमा मालिका स्टिल्स उद्योग दर्ता भएका हुन् ।


बारामा ९६ करोड ७० लाख रुपैयाँ लगानीमा निकिता आयल एण्ड रिफाइनरी, धादिङमा २ अर्ब लगानीमा सरस वेभरेज, काठमाडौंमा १७ करोड ५० लाख रुपैयाँ लगानीमा बज्र हिमालयन स्प्रिङ, नवलपरासीमा १७ करोड ४५ लाख २० हजार रुपैयाँ लगानीमा श्रीराम पेट एण्ड प्लान्ट इन्डष्ट्रिज जस्ता उद्योग दर्ता भएको विभागको तथ्याङकमा उल्लेख छ ।

कैलालीमा २३ करोड ६६ लाख रुपैयाँ लगानीमा टिकापुर प्लाष्टिक उद्योग, सुनसरीमा ५८ करोड रुपैयाँ लगानीमा ए।बि।सी इन्डष्ट्रिज, काठमाडौंमा ५० करोड रुपैयाँ लगानीमा डियरहोल्ड नेपाल, नुवाकोटमा १५ करोड रुपैयाँ लगानीमा थानापाति लाइभस्टक एण्ड एग्रो फार्म,कास्कीमा ४७ करोड ६१ लाख रुपैयाँमा भदौली खोला हाइड्रोपावर, ताप्लेजुङमा १ अर्ब ९० करोड रुपैयाँ लगानीमा हिमाल हाइड्रोपावर फण्ड, ललितपुरमा २० करोड रुपैयाँ लगानीमा एग्रो स्पिरिट्स दर्ता भएका छन् ।


त्यसैगरी भदौ महिनामा २१ वटा उद्योग दर्ता भएका छन् । भदौ महिनामा दर्ता भएका उद्योगहरु क्रमशः पर्सामा ७५ करोड रुपैयाँ लगानीमा शिवम् भेज आयल, कपिलवस्तुमा १६ करोड १ लाख ४ हजार ३२०रुपैयाँ लगानीमा एग्रीवस्तु कोल्ड स्टोरेज, बाँकेमा २१ करोड ३ लाख ३८ हजार ६०७ रुपैयाँ लगानीमा घोराही सिमेन्ट इन्डष्ट्रि, सर्लाहीमा २१ लाख ३५ हजार ५०० रुपैयाँ लगानीमा एस.एस प्रोडक्स रहेको छन् ।


बारामा ५० करोड रुपैयाँ लगानीमा शिवशक्ति आयल एण्ड फ्याट्स, काठमाडौंमा १७ करोड रुपैयाँ लगानीमा शेर्पा आउटडुअर स्पोर्टस गुड्स, १३ अर्ब रुपैयाँ लगानीमा एस. एच इन्भेष्टमेन्ट,इलाममा १ अर्ब ६५ करोड २२ लाख ६३ हजार ६१९ रुपैयाँको लगानीमा वाटर इनर्जी सोलुशन जस्ता उद्योग दर्ता भएका छन् ।


भदौ महिनामै चितवनमा ७० करोड रुपैयाँ लगानीमा लष्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा, बाँकेमा १२ करोड २५ लाख रुपैयाँ लगानीमा भेनयु रिक्रियन, दोलखामा १ अर्ब २९ करोड २२ लाख ४० हजार २९ रुपैयाँ लगानीमा कोप्लाङग इनर्जी हाइड्रोपावर, काठमाडौंमा २५ करोड रुपैयाँ लगानीमा जुन लि होटल एण्ड रेष्टुरेण्ट दर्ता भएको तथ्याङमा उल्लेख छ ।


विभागको तथ्यांक अनुसार धनुषामा २७ करोड ९४ लाख ४८ हजार २१० रुपैयाँ लगानीमा आरोह फर्टिलाइजर्स, सङखुवासभामा १ अर्ब ३० करोड ५१ लाख १९ हजार ७०० रुपैयाँ लगानीमा मेन्छियम हाइड्रोपावर, रुपन्देहीमा ६० करोड रुपैयाँ लगानीमा इन्टरनेशनल क्रियशन कन्सट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनी, १५ करोड ९९ लाख रुपैयाँ लगानीको अर्को ग्रोमोर फर्टिलाइजर एण्ड केमिकल्स उद्योग दर्ता भएको छन् ।


ललितपुरमा १ अर्ब २० करोड रुपैयाँ लगानीमा सि।बि कन्सट्रक्सन, काठमाडौंमा ९३ करोड ६६ लाख ९९ हजार ५०० रुपैयाँ लगानीमा क्लासी प्रिन्टिङ प्रेस, मोरङमा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा बिराट कोल्ड स्टोरेज, बारामा ३० करोड रुपैयाँ लगानीमा आर.एम.सी फुड्स, ७३ करोड ५० लाख रुपैयाँ लगानीमा आर.एम.सी फुड्स (तेल) दर्ता भएका छन् ।


त्यस्तै असोज महिनामा साना ठुला र मझौला गरी २७ वटा उद्योगहरु दर्ता भएका छन् । विभागको तथ्याङ अनुसार असोजमा दर्ता भएका उद्योगहरु क्रमशः नवलपरासीमा ७४ करोड ७० लाख ५० हजार रुपैयाँ लगानीमा सिद्धिविनायक आयल्स, कास्कीमा १४ करोड रुपैयाँ लगानीमा पोखरा इको रेड ब्रिक्स,कालिकोटमा ४ अर्ब ३७ करोड ८८ लाख ९५ हजार २८२ रुपैयाँ लगानीमा रुरुगाड पावर कम्पनी, ताप्लेजुङमा ५ अर्ब ९५ करोड ७० लाख २५ हजार ८२८ रुपैयाँ लगानीमा रिभरसाइड हाइड्रो इनर्जी रहेका छन् ।


मोरङमा १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानीमा एम।ए।डब्लु अटो, काठमाडौंमा २५ करोड रुपैयाँ लगानीमा लाइ इन्टरनेशनल कार्गो, २० करोड लगानीमा बुबिन इन्टरनेशनल कार्गो, ५ अर्ब ९९ करोड ६ लाख रुपैयाँ लगानीमा सूर्य नेपाल होटल एण्ड रेष्टुरेन्ट, २० करोड रुपैयाँ लगानीमा हाइलिन इन्टरनेशनल कार्गो, २५ करोड रुपैयाँ लगानीमा होटल जीन, २० करोड रुपैयाँ लगानीमा खादा इन्टरनेशनल कार्गो १० करोड रुपैयाँ लगानीमा ब्ल्याक बर्ड रेष्टुरेण्ट एण्ड लाउन्ज दर्ता भएका छन् ।


धनकुटामा १९ करोड ४५ लाख रुपैयाँ लगानीमा भिज्रु ब्रिडर्स,मनाङमा १० अर्ब ४३ करोड ६० लाख ५६ हजार ७६६ रुपैयाँ लगानीमा सिता हाइड्रोपावर कम्पनी, बाँकेमा २४ करोड ७५ लाख रुपैयाँ लगानीमा जे.क.आर हर्बल प्रोसेसिङ इन्डष्ट्रिज,बारामा ७२ करोड ७९ लाख ९४ हजार ३८५ रुपैयाँ लगानीमा सौरभ फुड प्रोडक्सन मोरङमा १२ करोड १५ लाख ८० हजार रुपैयाँ लगानीमा महालक्ष्मी वायर एण्ड केवल इन्डष्ट्रिज प्रालि दर्ता भएको तथ्याङमा उल्लेख छ ।


मनाङमा ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानीमा बुटवल पावर कम्पनी (तल्लो मनाङमस्यादी जलविद्युत्त कम्पनी), लमजुङमा १७ करोड ८० लाख रुपैयाँ लगानीमा सर्वोत्तम इटा उद्योग, पर्सामा ४४ कारेड रुपैयाँ लगानीमा स्काइलाइन इन्फ्रा, १२ करोड ८० लाख रुपैयाँ लगानीमा स्काइलाइन इन्फ्रा होटल दर्ता भएका हुन् ।


त्यसैगरी सिरहामा ४८ करोड रुपैयाँ लगानीमा हिमालयन जि।आर पि पाइप इन्डष्ट्रिज, झापामा १ अर्ब १७ करोड ५१ लाख ९० बजार रुपैयाँ लगानीमा सिद्धिविनायक आयल एण्ड एग्रो इन्डष्ट्रिज,सुनसरीमा ११ करोड ८५ लाख रुपैयाँ लगानीमा न्युटी फुडस, काठमाडौंमा २७ करोड ६० लाख ९९ हजार २१० रुपैयाँ लगानीमा नेपाल पूर्वाधार निर्माण कम्पनी दर्ता भएको तथ्याङकमा उल्लेख छ ।


विभागको तथ्याङकमा अनुसार असोजमा दर्ता भएका अरु कम्पनीहरुमा नवलपरासीमा ७६ करोड ५० लाख रुपैयाँ लगानीमा अग्रि एग्रो फुड प्रोडक्सन,सुनसरीमा ४३ करोड ६५ लाख रुपैयाँ लगानीमा रोयल एडीबल ओइल्स हुन् । कात्तिक महिनामा २८ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगहरु क्रमश: बर्दियामा १५ करोड रुपैयाँ लगानीमा लिअम शन मिछ म्यानुफ्याक्चरिङ, चितवनमा १ अर्ब ४८ करोड २२ लाख रुपैयाँ लगानीमा एडोनिस बायोफर्मा, बाँकेमा १५ करोड रुपैयाँ लगानीमा ओम त्रयम्बकम इन्टरटेन्मेन्ट, काठमाडौंमा १९ करोड रुपैयाँ लगानीमा होटल उडएप्पल, धादिङमा ४० करोड रुपैयाँ लगानीमा लोटस प्लाष्टिकस् इन्डष्ट्रिज रहेका छन् ।


त्यस्तै रुपन्देहीमा १० करोड २३ लाख ३३ हजार रुपैयाँ लगानीमा अर्पित एग्रो इन्डष्ट्रिज, मोरङमा १ अर्ब ३० करोड रुपैयाँ लगानीमा नेपाल इन्टरनेशनल हस्पिटालिटी,चितवनमा २२ करोड रुपैयाँ लगानीमा राइनो वाटर इन्टरटेनमेन्ट, सर्लाहीमा १६ करोड २० लाख रुपैयाँ लगानीमा बालाजी फिड एण्ड एग्रीकल्चर, काठमाडौंमा २५ करोड रुपैयाँ लगानीमा इ हान होटल एण्ड रेष्टुरेण्ट, २५ करोड रुपैयाँ लगानीमा एमआइ होटल एण्ड रेष्टुरेण्ट, २५ करोड लगानीमा वानयु होटल एण्ड रेष्टुरेण्ट, २५ करोड लगानी कै वीकाइ होटल एण्ड रेष्टुरेण्टर १५ करोड रुपैयाँ लगानीको जम्बाला इन्टरनेशन कार्गो दर्ता भएका छन् ।


त्यसैगरी, नवलपरासीमा ९६ करोड रुपैयाँ लगानीमा ग्रीन नेपाल पोलिटेक्स, काभ्रेमा १६ करोड रुपैयाँ लगानीमा चिरायु कोल्ड स्टोरेज, चितवनमा १६ करोड ६० लाख रुपैयाँ लगानीमा ग्लोवल प्रोटिन एण्ड आयल, कास्कीमा ६ करोड रुपैयाँ लगानीमा मुस्ताङ भिलेज,मोरङमा १७ करोड रुपैयाँ लगानीमा सुई मारुती वेभरेज, पर्सामा १ अर्ब ५७ करोड ४० लाख रुपैयाँ लगानीमा हुलास इन्फ्रा उद्योग दर्ताभएको तथ्याङकमा उल्लेख छ ।


कात्तिक महिनामा दर्ता भएका अरु उद्योगहरु काभ्रेमा ९ करोड ८२ लाख ड२ हजार रुपैयाँ लगानीमा अथर्व आयुर्वेद,बाँकेमा १५ करोड रुपैयाँ लगानीमा सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी, नवलपरासीमा ३० करोड ३६ लाख ३२ हजार ५१७ रुपैयाँ लगानीमा घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेड, ललितपुरमा ५ करोड रुपैयाँ लगानीमा त्रिभा इलेक्ट्रिकल इण्डष्ट्रिज, काठमाडौंमा ५ कारेड रुपैयाँ लगानीमा टोकियो पर्व एण्ड रेष्टुरेन्ट दर्ता भएका छन् ।
त्यसैगरी कात्तिक महिनामा दर्ता भएका अरु उद्योगहरु मोरङमा १३ करोड ५२ लाख रुपैयाा लगानीमा फुजिमा आयल कम्पनी,म्याग्दीमा २ अर्ब ५५ करोड ६९ लाख ६३ हजार ७४५ रुपैयाँ लगानीमा ठरलो खोला हाइड्रोपावर, ललितपुरमा २४ करोड ३० लाख रुपैयाँ लगानीमा इ। बोल्ट मोबीलिटी, रौतहटमा ७० करोड २९ लाख ६७ हजार २१९ रुपैयाँ लगानीमा प्राइम सेरामिक्स हुन् ।


विभागको तथ्याङक अनुसार मंसिर महिनामा साना ठुला र मझौला गरी १८ वटा दर्ता भएका छन् । दर्ता भएका उद्योगहरु क्रमशः सिन्धुपाल्चोकमा ५ अर्ब ९५ करोड ८ लाख २३ हजार १६८ रुपैयाँ लगानीमा ब्रह्रायणी हाइड्रोपावर कम्पनी, पर्सामा २२ करोड रुपैयाँ लगानीमा न्यु राज प्लाष्टो इन्डष्ट्रिज, धनुषामा ३० करोड रुपैयाँ लगानीमा बालाजी रोयल प्यालेस, पर्सामा ५६ करोड रुपैयाँ लगानीमा तराई सोलार, काठमाडौंमा ५० लाख रुपैयाँ लगानीमा ए.एल लजिष्टक्स नेपाल हुन् ।


त्यस्तै मंसिर महिनामा दर्ता भएका अन्य उद्योगहरुमा नवलपरासीमा १ अर्ब रुपैयाँ लगानीमा टेन स्टील पार्क, मोरङमा ३५ करोड रुपैयाँ लगानीमा प्रो टेक्स, रुपन्देहीमा २० करोड ५९ लाख ९० हजार १०२ रुपैयाँ लगानीमा कन्काई पाइप फिटिङ, चितवनमा १६ करोड २५ लाख रुपैयाँ लगानीमा सौभाग्य फुड एण्ड कन्फेन्सरी उद्योग दर्ता भएको तथ्याङकमा उल्लेख छ ।


काठमाडौंमा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स, २५ करोड रुपैयाँ लागनीमा तासन होटल, २५ करोड रुपैयाँ लगानीमा स्योङदी होटल, नवलपरासीमा २ अर्ब ६७ करोड ६३ लाख ४ हजार रुपैयाँ लगानीमा समृद्धि मेटालिक्स, झापामा २७ करोड रुपैयाँ लगानीमा एशियन फुटवयर,काठमाडौंमा १ अर्ब लगानीमा प्रभु डिजिटल लिमिटेड, ललितपुरमा ५अर्ब रुपैयाँ लगानीमा नेपाल इन्टरनेशनल हुवे वाटर रिसोर्स एण्ड हाइड्रोपावर कन्सट्रक्सन र धादिङमा १८ करोड १३ लाख ११ हजार रुपैयाँ लगानीमा सनराइज फर्मास्युटिकल्स प्राली जस्ता उद्योग दर्ता भएको विभागको तथ्याङकमा उल्लेख छ ।

प्रतिकृया