• २ असोज २०८३, शुक्रबार
  • ६ः२३ बेलुका

माओवादी महाधिवेशन : आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने

प्रकाशित मिति

२०७८ पुष १४ गते, बुधबार १०:४८

१४ पुस २०७८,काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि बुधबार समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । समूहगत छलफल सकिएपछि अपरान्ह १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवनमा समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ ।

National Life

प्रचार प्रसार उपसमितिका अनुसार प्रतिवेदनमाथि छलफलका लागि विभाजन गरिएका २५ मध्ये अधिकांश समूहको छलफल सकिएको र बाँकी समूहलाई छलफलका लागि बुधबार अपरान्ह १२ सम्मको समय दिइएको छ ।


बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए । यस्तै स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा पनि प्रस्तुत गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

दुबै प्रस्तावमाथि मंगलबार दिनभर समूहगत छलफलका लागि समय छुट्याइएको थियो । ‘अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन्। बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्नेछन्’, प्रचारप्रसार उपसमितिले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपरान्ह १२ बजेसम्मको समय थप गरिएको छ।’

प्रतिकृया