• ५ साउन २०८३, मंगलबार
  • ११:०५ बेलुका

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित भवनहरू उद्‍घाटन

प्रकाशित मिति

२०७८ पुष १३ गते, मंगलवार ०३:२४

१३ पुस २०७८, काठमाडौं : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गरेका छन् ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने इन्जिनियर तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण समेत गरेका हुन् ।

Kamana Sewa

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Classic Tech Desktop

मोर्डनाइजेसन एण्ड इम्प्र्भमेन्ट पोलिसिङ प्रोजेक्ट (एमआइपिपि) परियोजना अन्तर्गत युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको सहयोगमा करिब १५ करोड रुपैयाँको लागतमा उक्त भवनहरू नवनिर्माण गरिएको हो ।


कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरू, ग्ल्इएक् बाट प्रोजेक्ट म्यानेजर कोमल कार्की, जिल्लास्थित स्थानीय तहका पदाधिकारीहरू र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया