• ५ साउन २०८३, मंगलबार
  • ४:४१ बेलुका

मानव बेचबिखन तथा ओसारपोसार कार्यमा संलग्न १ जना पक्राउ

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०५:०१

८ पुस २०७८, काठमाडौं : मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न रहेको अभियोगमा मध्यपुर थिमी नगरपालिका -३ ठेगाना भएका ४२ वर्षीय कविराज कटुवाललाई गत मंसिर १६ गते प्रहरीले पक्राउ गरेको छ ।


कटुवालले वैदेशिक रोजगारीको सिलसिलामा माल बाहक पानी जाहजमा मासिक ९ सय अमेरिकी डलर तलब पाउने गरी सुरक्षा गार्डको काममा सिसेल्स देशमा लैजाने भनि विभिन्न प्रलोभनमा पारी पीडितलाई २०७८ बैशाख १२ गते दुबई हुँदै सोमालिया नजिकको समुन्द्री क्षेत्रमा पुर्‍याएकोमा पीडित बिरामी भई काम गर्न नसक्ने हुँदा कुनै प्रकारको उपचार नगराई पानी जाहजमानै राखेकोमा २०७८ असोज २ गते पीडितको मृत्यु भएको थियो ।

Kamana Sewa

साथै मृतकको शव नेपाल झिकाउने सम्बन्धमा पीडितका परिवारले अनुरोध गर्दा समेत शव ल्याउनको लागि ४० लाख रुपैयाँ लाग्छ भनि मृतकको परिवारलाई क्षतिपुर्ति दिलाउने काममा समेत असहयोग गरेको घटनामा संलग्न कटुवाललाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया