• ३ असोज २०८३, शनिबार
  • १०ः०६ बिहान

एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०६:३१

६ पुस २०७८, काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो।

National Life

भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय स्थानमा एमालेमै रहँदा समानान्तर कमिटी बनाएको र त्यसमा सहभागी नेताहरूलाई नै जिम्मेवारी दिइएको छ। कतिपय स्थानमा एमालेबाट असन्तुष्ट नेताहरूलाई समेट्ने तयारी भएको जनाइएको छ।


‘एमालेमा अर्को विद्रोह हुँदैछ, उनीहरूलाई पनि समेट्ने तयारी हुँदैछ,’ एक नेताले भने। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संगठन विस्तारका क्रममा देशदौडाहामा छन्। आजको नागरिक दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया