• १८ असोज २०८३, आइतबार
  • ९ः४५ बिहान

साफ यू-१९ महिला च्याम्पियन्सिप : नेपाल र श्रीलंका आज खेल्दै

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०१:१२

२९ मंसिर ,काठमाडौं : बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

National Life

ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।


पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ । नेपाल १ खेलबाट १ अंक मात्र जोडेर चौथो स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

तेस्रो खेल खेल्न लागेको श्रीलंका यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । श्रीलंका अंकविहीन हुँदै पाँचौ स्थानमा छ ।


श्रीलंका यसअघि भुटान र भारतसँग समान ५-० ले पराजित भएको थियो ।

प्रतिकृया