• १९ असोज २०८३, सोमबार
  • १२ः१७ दिउँसो

प्रचण्ड र नेपाललाई अस्थिरता सम्वाहकको संज्ञा : ओलीको आरोप

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०१:५५

२९ मंसिर ,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् । नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए ।

National Life

नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।


कतिपयले अझै पनि कम्युनिष्ट एकताको कुरा गरिरहेको भन्दै ओलीले भने, ‘त्यस्ताहरुसँग एकता रु अस्थीरताका शक्तिहरुसँग एकता गरेर कहिँ पुगिन्छ रु त्यो एकीकरण सम्भव नै छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुको सम्बन्ध कहाँ छ भन्ने कुरा आफूले राम्ररी चिनिसकेको ओलीले बताए । ‘हामीले राम्ररी चिनिसकेका छौं यिनीहरुको कनेक्सन कहाँ छ, तार कहाँ जोडिएको छ, कहाँबाट स्वीच अन अफ हुन्छ, त्यो हामीले देख्या छौं । छर्लङ्ग देख्या छौं ।’

प्रतिकृया