• २० असोज २०८३, मंगलबार
  • १ः०७ दिउँसो

कोइराला परिवारको कम्ब्याक

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०८:११


२९ मंसिर , २०७८ काठमाडौं :
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएका सबै प्रक्रिया सकिएसँगै काँग्रेस राजनीतिभित्रको एउटा पाटो फेरि कोइराला परिवारमै फर्किएको छ । १३औं महाधिवेशनमा काँग्रेसको केन्द्रीय सदस्य बनेका नेता डा शेखर कोइराला १४औं महाधिवेशनमा सभापतिको रेसमा दोस्रो स्थान प्राप्त गरेसँगै काँग्रेसभित्रको संस्थापन इतर समूहको नेतृत्व उनको हातमा परेको हो ।

National Life

काँग्रेसको १२ औं महाधिवेशनसम्म नेतृत्वमा कोइराला परिवारकै हाली मुहाली थियो । त्यसबखत सुशील कोइराला सभापति बनेका थिए । काँग्रेसको १२औं महाधिवेशन १ देखि ५ गतेसम्म असोज २०६७ मा काठमाडौंमा भएको थियो । त्यसपछि १३औं महाधिवेशन भने कार्यवाहक सभापति बनेका रामचन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको थियो ।


तर, सो बखत उनी सभापतिमा शेरबहादुर देउवासँग पराजित मात्रै बनेनन् काँग्रेसको संस्थापन समूहको जिम्मा देउवाको हातमा प¥यो । त्यसबखत सभापतिमा देउवा निर्वाचित बनेसँगै इतर समूहको नेतृत्व पौडेलको हातमा गयो भने कोइराला परिवारका नेताहरू पौडेलले नेतृत्व गरेको समूहभित्र परे तर, मंगलबार १४औं महाधिवेशन सकिएलगत्तै १३औं महाधिवेशनबाट कोइराला परिवारबाट बाहिरिएको काँग्रेसको एउटा समूह फेरि कोइराला परिवारकै हातमा पुगेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया