पीएसजीको सामना रियलसँग , च्याम्पियन्स लिगको नयाँ ड्रमा
प्रकाशित मिति
२०७८ मंसिर २८ गते, मंगलवार ०९:२८

२८मंसिर , २०७८ काठमाडौं : प्राविधिक समस्या भन्दै पुनः गरिएको च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रमा १३ पटकको विजेता रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेनको सामना गर्ने भएको छ । यसअघि पीएसजीले म्यानचेस्टर युनाइटेडसँग सामना गर्नुपर्ने थियो ।साबिक विजेता चेल्सीले फ्रेन्च च्याम्पियन लिलको सामना गर्नेछ भने प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले पोर्चुगलको स्पोर्टिङ लिजबनको सामना गर्नेछ । ६ पटकको विजेता लिभरपुलले तीनपटकको विजेता इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । म्यान्चेस्टर युनाइटेडको भिडन्त स्पेनिस च्याम्पियन एथ्लेटिको म्याड्रिडसँग हुनेछ ।
अन्तिम १६ को पहिलो लेग १५, १६, २२ र २३ फेब्रुअरीमा खेलिनेछ । दोस्रो लेग ८,९, १५ र १६ मार्चमा खेलिनेछ । यस सिजनदेखि अवे गोलको नियम हटाइएको छ । १८० मिनेटको खेलपछि पनि गोल बराबरी भए अतिरिक्त समयमा जानेछ भने त्यसमा पनि निर्णय नभए पेनाल्टी खेलाइनेछ । यो सिजनको फाइनल २८ मेमा रुसमा खेलिनेछ ।
प्रतिकृया