• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

सिरहामा वेवारिसे अवस्थामा भेटिए एक शिशु

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०९:११


२४ मंसिर २०७८, सिरहा : पूर्वपश्चिम राजमार्गको सिराहा खण्ड छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

National Life

धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । ‘बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिएका छन् ।


शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएको छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन गरिएको छ । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिकृया