• १९ असोज २०८३, सोमबार
  • ५ः५८ बेलुका

काँग्रेस महाधिवेशनको अंकगणितमा निर्णायक सिटौला

प्रकाशित मिति

२०७८ मंसिर २४ गते, शुक्रबार ०९:०४

मंसिर २४, २०७८,काठमाडौं : १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो ।

National Life

प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।


यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा पनि निर्णायक रह्यो, अहिले पनि उहाँलाई मिलाएर अघि बढ्दा संस्थापन पक्ष पहिलो चरणको निर्वाचनमा नै जीतनजिक छ, यस कारण पनि उहाँलाई मिलाएर अघि बढ्न हामीले सभापतिजीलाई सुझाएका छौं,’ देउवा समूहका एक नेताले भने ।


बिहीबार बिहानै नेता सिटौलासँग छलफलका लागि संस्थापन इतर समूहका नेता रमेश लेखक उनको निवास पुगेका थिए । यसैगरी, बुधबार मात्रै वरिष्ठ नेता पौडेलसमेत सिटौलाको निवासमा सहयोग माग्दै पुगेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिकृया