• १७ असोज २०८३, शनिबार
  • ९ः२८ बिहान

हवाई जहाजको भाडा महँगो , घटाउन माग

प्रकाशित मिति

२०७८ मंसिर २३ गते, बिहीबार ०८:४२

मंसिर २३, २०७८ काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनु पर्ने माग गरेकोे छ ।

National Life

बुधबार नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी संघको प्रतिनिधिमण्डलले कोरोना भाइरसविरूद्धको खोपले अन्तर्राष्ट्रिय उडानमा सहजता आई वैदेशिक रोजगारीमा केही सुधार आई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि भएपनि चर्को हवाई भाडाका कारण विपन्न अवस्थाका कामदारलाई मर्का परेको ध्यानाकर्षण गरिएको संघले जनाएको छ ।


संघको ध्यानाकर्षण पछि मन्त्री आलेले अत्यन्तै सकारात्मक प्रतिक्रिया दिएको भन्दै केही दिन भित्र नै नेपाली कामदारका प्रमुख गन्तव्य खाडी मुलुक लगायतका देशमा जानेका लागि हवाई भडाको समस्या समाधान हुने अपेक्षा गरिएको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया